Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • एआइजी बढुवाविरुद्धको रिटमा सर्वोच्चले दिएन् अन्तरिम आदेश, दुवै पक्षलाई छलफलमा बोलाइयो

    एआइजी बढुवाविरुद्धको रिटमा सर्वोच्चले दिएन् अन्तरिम आदेश, दुवै पक्षलाई छलफलमा बोलाइयो

    अनलाइन नेपाल
  • मंगलबार, २२ चैत्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआइजी) लाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

    मंगलबार न्यायाधीश डा.कुमार चुडालको एकल इजलासले एआइजीमा बढुवा गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेशसहित दुवै पक्षलाई चैत २८ गते छलफलका लागि बोलाइएको हो ।



    डीआइजीहरु ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले दर्ता गर्नुकौ रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश चुडालले अन्तरिम आदेश दिन अस्वीकार गरे ।



    एआइजीमा बढुवाविरुद्ध डीआइजीहरु ईश्वरबाबु कार्की चैत १७ गते र घनश्याम अर्याल र प्रकाशजंग कार्कीले चैत २० गते सर्वोच्चमा रिट दर्ता गरेका थिए । चैत्र १७ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका तीनजना डीआइजी धीरजप्रताप सिंह, वसन्त पन्त र रवीन्द्रबहादुर धानुकलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

    सोही विषयलाई लिएर डीआइजी कार्कीसहित तीन जनाले सर्वोच्चमा रिट निवेदन दिएका थिए । सरकारले वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्र बहादुर धानुकलाई गत बिहीबार एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो। त्यस्तै, यसअघि बढुवाविरुद्ध लोकसेवा आयोगमा समेत उजुरी परेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार