Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • चारजना डीआइजीलाई दर्ज्यानी चिन्ह प्रदान

    चारजना डीआइजीलाई दर्ज्यानी चिन्ह प्रदान

    अनलाइन नेपाल
  • शुक्रबार, ९ बैशाख २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । पदोन्नति भएका चार जना प्रहरी नायब महानिरीक्षक (डीआइजी) लाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

    नेपाल सरकार गृह मन्त्रालय (मन्त्रीस्तर) को २०७९ वैशाख ८ को निर्णयले प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी र मसाउद आलम खाँलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।



    समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी नायव महानिरीक्षकलाई बधाइ दिँदै पदोन्नतिपछि प्राप्त नयाँ जिम्मेवारी र उत्तरदायित्व संगठनको श्रीवृद्धिको लागि निर्वाह गर्नुपर्ने बताए ।



    आगामी निर्वाचन भयरहित, निष्पक्ष र विधिवत तवरले सम्पन्न गर्न आफू मातहत प्रहरी कर्मचारीको नेतृत्व गर्न पदोन्नति भएका प्रहरी नायव महानिरीक्षकलाई उनले निर्देशन दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार