Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कपन हत्याकाण्ड : हत्यामा संलग्न विनोदलाई पुर्पक्षका लागि थुनामा पठाइयो

    कपन हत्याकाण्ड : हत्यामा संलग्न विनोदलाई पुर्पक्षका लागि थुनामा पठाइयो

    अनलाइन नेपाल
  • सोमबार, १८ असार २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । काठमाडौंको कपनस्थित सरस्वतीनगरमा भएको हत्या काण्डमा संलग्न विनोद विश्वकर्मा(बिक)लाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

    बैशाख ७ गते भाँडा व्यवसायी निरा आचार्यको चक्कु प्रहारबाट भएको हत्या भएको थियो । आचार्यको हत्यामा संलग्न भएको आरोप लागेका झापा धुलाबारीका विश्वकर्मालाई कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएको हो ।



    पक्राउ परेकै दिन कर्तव्य ज्यान मुद्दा अन्तर्गत २५ दिन हिरासतमा राखी अनुसन्धान गरेपछि उनलाई पुर्पक्षका लागि थुना पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।



    विश्वकर्माले हत्या गरी चोरी गरेको नीराको सिक्री किन्ने सुनचाँदी पसले पनि पुर्पक्षका लागि थुना पठाइएका थिए । नीरा गत वैशाख ७ मा दिउँसो ३ बजे ‘नीरु किचेन’ भित्रै मृत फेला परेकी थिइन् । आचार्यको चक्कुले शरिका विभिन्न अंगमा प्रहार गरी हत्या गरिएको थियो ।

    उनको शरीरका विभिन्न भागमा चक्कु प्रहार गरी हत्या गरिएको थियो । हत्या भएको दसौं दिन अर्थात् वैशाख १६ गते हत्या आरोपमा विश्वकर्मा झापाबाटै पक्राउ परेका थिए ।

    लुटपाट गर्ने उद्देश्यले हत्या गरेको उनले स्वीकारेका थिए ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले निरा पाण्डेको हत्यामा संलग्न अभियुक्तलाई बैशाख १७ गते सार्वजनिक गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार