Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्न अध्ययन भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्न अध्ययन भइरहेको बताएका छन् ।

छैठौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८० को अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् ।

साइबर सुरक्षाको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै आवश्यक नीति, नियम र संरचना बनाउने कार्यलाई सरकारले प्राथमिकता दिएको उनले बताए ।

सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा भएको विकास र विस्तारसँगै नेपालमा पनि सञ्चार तथा सूचना प्रविधिको प्रयोग बढिरहेको उनको भनाई छ ।

सार्वजनिक क्षेत्रबाट प्रवाह हुने सेवाहरू सूचना प्रविधिमैत्री हुँदै गइरहेको भन्दै उनले भनेका छन्, “सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै नागरिकको जीवनस्तर उकासी मुलुकलाई समृद्ध बनाउन सकिन्छ ।”

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077