Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अब ‘स्ट्रिट फुड’ प्रिन्टिङ पेपरमा प्याक गर्न नपाइने

    अब ‘स्ट्रिट फुड’ प्रिन्टिङ पेपरमा प्याक गर्न नपाइने

    अनलाइन नेपाल
  • मंगलबार, १९ बैशाख २०८०
  • 408
    SHARES

    काठमाडौं । सरकारले सडक खाद्य वस्तु (स्ट्रिट फुड) प्रिन्टेड पेपरमा प्याक गर्न प्रतिबन्ध लगाउने भएको छ ।

    खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले स्वास्थ्यका लागि खतरनाक असर पार्ने रसायनहरु पेपरमा हुने भएकाले प्रतिबन्ध लगाउने तयारी गरेको हो ।



    मङ्गलवारदेखि काठमाडौंमा सुरु भएको खाद्य स्वच्छतासम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले त्यसको लागि कार्यविधि निर्माणको काम सुरु गरिएको बताईन् ।



    खाद्य स्वच्छताका लागि स्ट्रिट फुड र तरकारी तथा फलफूल बजार अनुगमनको कामलाई अझै तीव्रता दिन लागिएको पनि विभागले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार