Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

बझाङमा यार्सागुम्बा टिप्न गएकी महिला बेपत्ता

बझाङ । बझाङको सुर्मा गाउँपालिकामा एक जना यार्सागुम्बा संकलक हिम पहिरोमा बेपत्ता भएकी छन्।

सुर्मा गाउँपालिका९१ देवडी घर भएकी ३३ वर्षीया झल्लादेवी बोहरा बेपत्ता भएकी हुन्।

बोहराको खोजीका लागि प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

गएराति हिम पहिरो खस्न थालेपछि भाग्ने क्रममा उनी बेपत्ता भएकी थिइन् ।

मंगलबार दार्चुलाको व्यास गाउँपालिकामा हिमपहिरो जादा एक जना घाइते भएका छन् भने ८ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077