Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पूर्व गृहसचिव टेकनारायण पाण्डे पक्राउ

काठमाडौं । प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरेको छ ।

उपराष्ट्रपति कार्यालयमा कार्यरत पाण्डेलाई जिल्ला प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको हो।

प्रहरीले उनीविरुद्ध बुधबार पक्राउ पुर्जी जारी गरिएको थियो । पाण्डे उपराष्ट्रपति कार्यालयमा कार्यरत हुनुअघि गृह मन्त्रालयको सचिव थिए ।

पाण्डेमाथि पनि शरणार्थी भनेर अमेरिका पठाएर ठगी गर्ने गिरोहलाई सघाएको आरोप छ ।

[insert page='216223' display='yopanipadhnuhos.php']

यसअघि तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा.ईन्द्रजित राईलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077