Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • नक्कली भुटानी शरणार्थी प्रकरण

    पूर्व गृहसचिव पाण्डेमाथि अनुसन्धान गर्न ३ दिन म्याद थप

    पूर्व गृहसचिव पाण्डेमाथि अनुसन्धान गर्न ३ दिन म्याद थप

    अनलाइन नेपाल
  • बुधबार, २० बैशाख २०८०
  • 609
    SHARES

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले सचिव टेकनारायण पाण्डेलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

    नक्कली भुटानी शरणार्थी खडा गरी अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोपमा पक्राउ परेका उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव पाण्डेमाथि अनुसन्धान गर्न अदालतले तीन दिनको समय दिएको हो ।



    पाण्डेमाथि शरणार्थी भनेर अमेरिका पठाएर ठगी गर्ने गिरोहलाई सघाएको आरोप छ । गृहसचिव रहेको समयमा आर्थिक लाभ लिएर नक्कली शरणार्थी बनाई अमेरिका पठाउने धन्दामा सघाएको आरोपमा उनी बुधवार पक्राउ परेका हुन् ।



    बालकृष्ण खाण गृहमन्त्री रहेको समयमा पाण्डे सचिव थिए । अदालतले ठगी र संगठित अपराध सम्बन्धी कसूरमा अनुसन्धानका लागि ३ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैतमा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असूली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार