Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • गृहसचिवका कारण राष्ट्रपति बदनाम !

    गृहसचिवका कारण राष्ट्रपति बदनाम !

    अनलाइन नेपाल
  • मंगलबार, १३ बैशाख २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । आइतबार घुससहित पक्राउ परेकी मालपोत अधिकृतलाई गृहसचिव टेकनारायण पाण्डेले विभूषण दिलाएको खुलेको छ । मालपोत कार्यालय ताप्लेजुङकी प्रमुख लेखा लेखा पनेरु महतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले डेढ लाख घुससहित पक्राउ गरेको छ ।

    उनै पनेरुलाई गत बैशाख १ गते जनताको उत्कृष्ट सेवा गरेको भन्दै राष्ट्रपति बिद्यादेवी भण्डारीले विभूषित गरेकी थिइन् । यस्तो घुस्याहा कर्मचारीलाई कसरी विभूषण दिइयो भनेर हाल सर्वत्र आलोचना भइरहेको छ । विभूषण सिफारिस गर्ने गृह मन्त्रालयमा समेत यो विषयमा छलफल भएको छ ।



    स्रोतका अनुसार गृहसचिव टेकनारायण पाण्डेले नै उनलाई विभूषण दिलाएका हुन् । पाण्डे यसअघि भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव थिए । त्यहाँ हुँदा मालपोत अधिकृत महतलाई सघाएका थिए । पछि उनी गृह आएपछि त्यही चिनजानको आधारमा विभूषण दिलाएको स्रोत बताउँछ ।



    जून घटनाले समग्र विभूषणकै ओज घटेको छ भने उनलाई विभूषणको सिफारिस गर्ने सरकार समेत बदनाम भएको छ । उनीमात्र नभई चलखेलका आधारमा एक सय भन्दा धेरैलाई यस पटक विभूषण दिइएको स्रोत बताउँछ ।

    गृहसचिवले ‘दैनिक १० हजारसम्म सुराकी खर्च खल्तीमा हाल्नुहुन्छ’, एक कर्मचारी भन्छन्, ‘त्यसैमा उहाँ मख्ख हुनुहुन्छ ।’ साभार दृष्टिबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार