Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • घुससहित बर्जु गाउँपालिकाका इन्जिनियर मेहता पक्राउ

    घुससहित बर्जु गाउँपालिकाका इन्जिनियर मेहता पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २७ चैत्र २०७९
  • 480
    SHARES

    सुनसरी । सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएको आरोपमा सुनसरीको बर्जु गाउँपालिकाका इन्जिनियर अजयकुमार मेहता पक्राउ परेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले मेहतालाई पक्राउ गरेको हो ।



    उनलाई मोरङको विराटनगर महानगरपालिकास्थित पुलचोकबाट सोमबार २० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।



    इन्जिनियर मेहताले सेवाग्राहीबाट घरको नापनक्सा पास गरिदिने भन्दै घुस लिएको बताइएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता दाहालले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार