Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कुवेतले पनि साफ च्याम्पियनसिप खेल्ने

काठमाडौं । भारतमा आयोजना हुने १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबलमा कुवेत पनि आमन्त्रित टिमका रुपमा सहभागि हुने तय भएको छ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार कुवेतले च्याम्पियनसिप खेल्ने पक्का भएको जनाएको छ ।

भारतले जुन २१ देखि जुलाई ३ सम्म बेंग्लुरुमा साफ च्याम्पियनसीप आयोजना गर्दैछ । अब कुवेतसँगै साफमा सहभागि रहने टिमको संख्या ७ पुगेको छ।

प्रतियोगितामा दक्षिण एसियाका भारत, पाकिस्तान, नेपाल, भुटान, माल्दिभ्स, बंगलादेश सहभागी हुनेछन् ।

फिफाले लगाएको प्रतिबन्धका कारण श्रीलंका भने यो संस्करणमा सहभागी हुने छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077