Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पक्राउ पुर्जी जारी भएका एमाले सचिव रायमाझी सभामुखसंगै सार्वजनिक कार्यक्रममा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पक्राउ पुर्जी जारी भएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी सार्वजनिक कार्यक्रममा देखिएका छन् ।

बुधबार काठमाडौं जिल्ला अदालतले रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गर्दा उनी अर्घाखाँचीमा आयोजित एक कार्यक्रममा विशेष अतिथि बनेर सहभागी थिए ।

सभामुखसंगै रहेका उनी अर्घाखाँचीको महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन समारोहमा विशेष अतिथि बनेर सहभागी भएका हुन् ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै पैसा उठाउने कार्यमा संलग्न रहेको आरोप लागेपछि बुधबार काठमाडौं जिल्ला अदालतले टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप र पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिकविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

[insert page='216448' display='yopanipadhnuhos.php']

रायमाझी यो कार्यक्रममा सहभागी हुँदा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको समाचार सार्वजनिक भइसकेको थियो ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी मुकुन्द प्रसाद रिजालले आफु रायमाझीसंगै रहेको भएपनि आधिकारीक जानकारी नआएको प्रतिकृया दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077