Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • रुसको आरोप – युक्रेनले गर्‍यो ड्रोनमार्फत पुटिनको हत्या प्रयास

    रुसको आरोप – युक्रेनले गर्‍यो ड्रोनमार्फत पुटिनको हत्या प्रयास

    अनलाइन नेपाल
  • बुधबार, २० बैशाख २०८०
  • 564
    SHARES

    एजेन्सी । युक्रेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हत्याप्रयास गरेको आरोप लागेको छ । मंगलबार राति युक्रेनले राष्ट्रपति पुटिनको हत्या प्रयास गरेको रुसले लगाएको हो ।

    युक्रेनलाई पुटिनलाई लक्षित गरी दुई वटा ड्रोनबाट हमला गरेको रुसी राष्ट्रपति कार्यलयले एक विज्ञप्तिमार्फत जनाएको छ ।



    ती ड्रोनलाई खसाइएको बताइएको छ। यसबाट मानवीय क्षति नभएको विज्ञप्तिमा उल्लेख छ।



    राष्ट्रपति पुटिन सकुशल रहेको र उनको कार्यतालिकामा कुनै हेरफेर पनि नगरिएको क्रेमलिनले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार