Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वमन्त्री रायमाझीका छोरा सन्दीप पक्राउ

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ परेका छन् ।

नक्कली शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा जोडिएका उनलाई बुधबार साँझ बुटवलबाट प्रहरीले पक्राउ गरेको हो ।

बुधबार काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रहरीको अनुसन्धानमा भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८ जना ७५ नेपालीसँग १० देखि ५० लाख रुपैयाँसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ खुलेको हो।

यस्तै आजै तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएर ठगी कार्यमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077