Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार १० दिने भारत भ्रमणमा जाँदै

    पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार १० दिने भारत भ्रमणमा जाँदै

    अनलाइन नेपाल
  • बिहिबार, २१ बैशाख २०८०
  • 498
    SHARES

    फाइल फोटो

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह दुई महिनाको बीचमा दोस्रोपटक १० दिने भारत भ्रमणमा जान लागेका छन् ।

    उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निमन्त्रणामा राज परिवारका सदस्य भारत भ्रमणमा जान लागेका हुन् ।



    करिब डेढ महिनाअघि सिलगुढी हुँदै दार्जिलिङ पुगेका पूर्वराजा ज्ञानेन्द्र परिवारका सम्पूर्ण सदस्यसहित शुक्रबार भारतको लखनऊ जान लागेको बताइएको छ ।



    पूर्वराजा शाहसँगै पूर्वरानी कोमल, बुहारी हिमानी, छोरी प्रेरणा, धिरेन्द्रपुत्रीहरू दिलाशा, शिताष्मा र पूजालगायतको टोली भारत भ्रमणमा निस्कन लागेको उनको सचिवालयले जनाएको छ। पूर्व युवराज पारस भने निर्मल निवासमै रहने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार