Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

टोपबहादुरका छोरा सन्दीपलाई काठमाडौं ल्याइयो, आजै अदालत पेस गरिने

काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई काठमाडौं ल्याइएको छ।

नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा बुधबार बुटवलबाट पक्राउ परेका सन्दीपलाई आज काठमाडौं ल्याइएको हो।

उनलाई रूपन्देही प्रहरीले भैरहवा विमानस्थलबाट बुद्ध एयरको विमानमार्फत काठमाडौं पठाएको हो। काठमाडौं ल्याइएपछि आजै जिल्ला अदालतबाट म्याद थप गराई सन्दीपविरूद्ध थप अनुसन्धान सुरू गरिने काठमाडौैं प्रहरी परिसरले जनाएको छ ।

बुधबार पक्राउ पुर्जी जारी भएपछि उनी हिजो बुटवलबाट पक्राउ परेका थिए । नक्कली शरणार्थी प्रकरणमा नाम मुछिएपछि एमाले सचिव समेत रहेका रायमाझी र उनका छोराविरुद्ध बुधबार पक्राउ पुर्जी जारी भएको थियो ।

यस्तै पूर्वमन्त्री रायमाझी पनि भैरहवाबाट पक्राउ परेका छन् । अर्घाखाँचीको कार्यक्रम सकेर काठमाडौं फर्कने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077