Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पूर्व गृहमन्त्री बादलका छोरा प्रतिकले भने - नेपालीलाई अमेरिका पठाउने काममा मेरो संलग्नता छैन

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएपछि नेकपा एमालेका उपाध्यक्ष एंव पूर्व गृहमन्त्री  रामबहादुर थापा बादलका छोरा प्रतिक थापाले नेपालीलाई अमेरिका पठाउने काममा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन्।

एक प्रेस वक्तव्य जारी गर्दै प्रतिकले गृह मन्त्रालयमा हुँदा कोही कसैसँग सम्झौता जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर काम गरेको बताएका हुन् ।

प्रतिकले विज्ञप्तिमा भनेका छन्, 'मेरो संलग्नता नरहेको शरणार्थी प्रकरणमा झूटो आरोपसहित मेरो नाम जोडिएकोप्रति खेद प्रकट गर्ने खण्डन गर्छु । आरोप लगाइएका विषयमा सम्बन्धित निकाय न्यायलयप्रतिको आस्था र सम्मानस्वरूप अनुसन्धान इमानदारपूर्वक सहयोग गर्ने प्रतिबद्धतना व्यक्त गर्दछु।'

उनले पटक९पटक आफूमाथि राजनीतिक प्रतिसोध साँध्न यस्ता आरोप लाग्ने गरेको बताए । उनले आफ्नाविरूद्ध गलत अभिप्रायका साथ तथ्यहीन प्रचार र आरोपहरू लगाउने क्रम जारी रहेको भन्दै आपत्ति जनाए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077