Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली भुटानी शरणार्थी प्रकरण : १०६ जनाले दिए प्रहरीमा उजुरी

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर मोटो रकम असुल असुली गर्ने प्रकरणमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुल्ने उनीहरुलाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतका अनुसार अझै थप केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी गरि खोजी भइरहेको छ ।

विभिन्न जिल्लाका नागरिकबाट पैसा असुल गरेको आरोप लगाउँदै परिसरमा अहिलेसम्म १०६ जनाले २० वटा उजुरी दिएका छन् ।

उनीहरुले कूल रु २३ करोड २५ लाख ठगी भएको उजुरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

हाल उजुरीमा उल्लेख भएका व्यक्तिमाथि जिल्ला प्रहरी परिसरले अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

घटनाको अनुसन्धान बुधबार काठमाडौं जिल्ला अदालतले टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप र पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिकलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077