Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • पदभार ग्रहण गर्दै कानुनमन्त्री गुरुङले भने – स्वतन्त्र न्यायलयप्रति प्रतिबद्ध छु

    पदभार ग्रहण गर्दै कानुनमन्त्री गुरुङले भने – स्वतन्त्र न्यायलयप्रति प्रतिबद्ध छु

    अनलाइन नेपाल
  • बिहिबार, २१ बैशाख २०८०
  • 765
    SHARES

    काठमाडौं । नवनियुक्त कानुनमन्त्री धनराज गुरुङले स्वतन्त्र न्यायपालिका लोकतन्त्रको मेरुदण्ड भएको बताएका छन् ।

    कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको पदभार ग्रहण गर्दै कानुनमन्त्री गुरुङले यस्तो बताएका हुन् ।



    कानुनमन्त्री गुरुङले आफूले न्याय प्रणालीलाई छिटो छरितो बनाउने प्रतिबद्धता जनाएका छन् । कानुनमन्त्री गुरुङले भने, ‘न्याय ढिलो हुने गरेको भन्ने छ, त्यसको अन्त्यका लागि मैले काम गर्छु ।’



    स्वतन्त्र न्यायपालिका लोकतन्त्रको मेरुदण्ड भएको भन्दै उनले आफू स्वतन्त्र न्यायलयप्रति प्रतिबद्ध रहेको पनि बताए । मन्त्री गुरुङले आफूले सुशासनलाई प्राथमिकता दिएर काम गर्ने पनि बताए ।

    बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै मन्त्रालय पुगेर मन्त्री गुरुङले पदभार ग्रहण गरेका हुन् । गुरुङलाई बिहीबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन मन्त्रीमा नियुक्त गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार