Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • आरजु र अरुणको सेटिङमा कानुन सचिव सापकोटाको रजगज

    आरजु र अरुणको सेटिङमा कानुन सचिव सापकोटाको रजगज

    अनलाइन नेपाल
  • मंगलबार, २३ माघ २०८०
  • 783
    SHARES

    काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ आफूलाई सुशासनको पक्षपाती भएको भाषण गरेर थाक्दैनन् ।

    आफ्नो निष्ठामा शंका नगर्न आग्रह गर्ने उनै गुरुङले सम्हालेको कानुन मन्त्रालयमा बेथितिको चाङ नै थुप्रिएको छ । कानुनी शासनको प्रत्याभूति गराउनुपर्ने उक्त मन्त्रालयमा सचिव उदयराज सापकोटा दोहोरिएर गएका हुन् ।



    पहिलो कार्यकाल सकाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा भएका सापकोटा धनराज ज्ञवालीको अवकाशसँगै कांग्रेसको नीति र नेतालाई आदर्श मान्दै पुनः कानुन मन्त्रालयमा फर्किएका हुन् ।



    एक पटक कानुन मन्त्रालयको सचिव भइसकेका सापकोटा फर्की फर्की आउनुमा सरुवा र थमौतीमा हुने व्यक्तिगत लाभसँगै पदीय लालसाले पनि काम गरेको छ ।

    ऋषि राजभण्डारी कानुन सचिवमा बहाल हुँदै उच्च अदालतको न्यायाधीश सिफारिस भएको झलझली देखेका छन् सापकोटाले । राजभण्डारीकै पथ अनुशरण गर्दै अवकाशको पूर्वसन्ध्यामा न्यायाधीश हुने लोभ पनि उनमा विद्यमान छ ।

    काठमाडौंको बानेश्वरको रैथाने भन्न रुचाउने सापकोटा आफ्नो कार्यकक्षमा भेट्न जाने कांग्रेसका नेता–कार्यकर्ताहरुलाई पार्टी शुद्धिकरणको अर्ति उपदेश दिन भुल्दैनन् ।

    त्यति मात्र नभएर पार्टीको शीर्षनेताहरुले यसो र उसो गर्नुपर्थ्यो भनेर भाषण छाँट्ने गर्दछन् । सरकारी आसनमा बसेर सरकारी चिया खुवाएर भेट्न आउनेहरूलाई कांग्रेसको आदर्शको बारेमा फलाक्ने सापकोटा आर्थिक मामिलामा भने निकै लोभी प्रवृत्तिका छन् ।

    सहसचिव हुन्जेल अर्थ, ऊर्जा जस्ता महत्वपूर्ण मन्त्रालयको कानुन महाशाखाको प्रमुख भएर कांग्रेसको नाममा लिनुसम्म लाभ लिएका सापकोटा कानुन मन्त्रालयमा नदोहोरिएको भए इतिहासमै पहिलो पटक कानुन मन्त्रालयले महिला सचिव पाउँथ्यो ।

    सापकोटा भन्दा ३ महिना पछि बढुवा भएकी लीला गड्तौलालाई कानुन मन्त्रालयको सचिव बनाउने तयारी भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ पनि सकारात्मक थिए ।

    तर सापकोटाले शक्तिकेन्द्र धाएर आरजु राणादेखि सबैतिर सेटिङ गरी पुनः कानुन मन्त्रालय फर्किन सफल भएका हुन् । गड्तौला र तोया अधिकारीमध्येबाट कानुन सचिव बनाउने पक्षमा प्रधानमन्त्री थिए ।

    तर आरजु राणा र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका सल्लाकार अरुणकुमार सुवेदी (व्यापारी) को सेटिङमा उनी पुनः कानुनमै फर्किन सफल भएका हुन् ।

    मुख्यसचिव वैकुण्ठ अर्यालको कोरटिमका मुख्य सल्लाहकारको भूमिकामा रहेका सापकोटा उनलाई टेरामक्सको अरबौं भ्रष्टाचारमा जोगाउन अख्तियारका प्रमुख आयुक्त लगायतका पदाधिकारीमाथि दबाब बढाउन बिचौलियाहरू लगाउँदै आएको चर्चा कानुन मन्त्रालयमा हुने गरेको छ ।

    ‘सुशासन’को भाषण गर्ने मन्त्रीका सारथि नै शकुनी प्रवृत्तिका भएपछि अहिले कानुन मन्त्रालयमा बिचौलियाहरूको भीड लाग्ने गरेको छ । मन्त्रालयको सरुवा मात्रै होइन, न्यायाधीश नियुक्ति र सरुवामा समेत सापकोटाले अनावश्यक चासो लिने गरेको स्रोतको दाबी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार