Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • केन्द्रीय कार्यसमिति बैठकले पार्टीलाई चलायमान बनाएको छ : आरजु राणा

    केन्द्रीय कार्यसमिति बैठकले पार्टीलाई चलायमान बनाएको छ : आरजु राणा

    अनलाइन नेपाल
  • शनिबार, १४ पुष २०८०
  • 465
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य डा‍‍. आरजु राणा देउवाले चाँडोचाँडो बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीलाई चलायमान बनाएको बताएकी छिन् ।

    शनिबार कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै उनले यस्तो बताएकी हुन् ।



    उनले भनिन्, ‘‘चाँडोचाँडो केन्द्रीय समिति बैठक बसेको देख्दा खुसी लागेको छ । यसले पार्टीलाई चलायमान बनाएको छ ।’’



    उनले कांग्रेसले जनतामाझ गएर जनताको काम गरिराखेको बताइन् । पार्टीमा भएका समस्या घरभित्रको भएकाले त्यसलाई बसेर सुल्झाउन सकिने उनको भनाई छ ।

    उनले शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनाप्रति दुःख व्यक्त गरिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार