Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • कांग्रेसलाई एकतावद्ध बनाउन नसके स्वर्गीय महान नेताहरूको आत्माले शान्ति पाउँदैन : आरजु राणा

    कांग्रेसलाई एकतावद्ध बनाउन नसके स्वर्गीय महान नेताहरूको आत्माले शान्ति पाउँदैन : आरजु राणा

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असोज २०८०
  • 642
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसकी नेतृ आरजु राणाले अहिलेको अवस्थामा नेपाली कांग्रेसलाई सबै मिलेर एकतावद्ध बनाएर लैजान नसके एतिहासले सराप्ने बताएकी छिन् ।

    शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ राणाले यस्तो बताएकी हुन् । उनले नेपाली काँग्रेसलाई एकतावद्ध बनाएर लैजान नसके अहिलेको पुस्तालाई गाली स्वर्गीय महान नेताहरूको आत्माले शान्ति नपाउने बताइन् ।



    नेपाली कांग्रेस पार्टीका अग्रज नेताहरुले बोल्नसम्म नसक्ने अफ्ठ्यारो अवस्थाबाट लोकतान्त्रिक गणतन्त्रसम्म ल्याएको भन्दै विगतको विरासतलाई अहिलेका नेताहरुले कायम राख्न सक्नुपर्ने उनको भनाई छ ।



    यस्तै उनले फेसबुक स्टाट्स हेरेर निर्णय गर्ने जमात बढेको भन्दै आक्रोश पोखेकी छन् । समयको चक्र घुमिरहेको भन्दै फेसबुक स्टाटस हेरेर निर्णय गर्नुभन्दा पहिले इतिहास हेर्नुपर्ने उनी बताउँछिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार