Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • सरकारी शिक्षा प्रणाली पुनरावलोकन गर्नुपर्छ : आरजु राणा

    सरकारी शिक्षा प्रणाली पुनरावलोकन गर्नुपर्छ : आरजु राणा

    अनलाइन नेपाल
  • बुधबार, ६ बैशाख २०८०
  • 501
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसकी सांसद् डा.आरजु राणा देउवाले नेपालको सरकारी शिक्षा प्रणाली पुनरावलोकन गर्नुपर्ने बताएकी छन् ।

    बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद् डा।राणाले सरकारी शिक्षा क्षेत्रको पुनरावलोकन हुन जरूरी रहेको बताएकी हुन् ।



    सांसद् राणाले नेपालको सरकारी शिक्षा प्रणालीमा ठूलो प्रश्न चिन्ह खडा भएको भन्दै शिक्षामा सुधार अहिलेको आवश्यकता रहेको बताईन् ।



    राणाले भनिन्,‘सरकारी शिक्षा प्रणालीमा ठूलो प्रश्न उठेको छ । लगानीअनुसार प्रतिफल नमिल्नु निरासाजनक कुरा हो । शिक्षा क्षेत्रको सुधार तथा सुशासन अभिवृद्धि गर्न आवश्यक छ ।’

    आधारभूत तथा माध्यामिक तहको निरन्तर मुल्याकंन र रेकर्डका लागि पृष्ठपोषण प्रदान गर्नुपर्ने उनले बताइन् । उनले नतिजामा आधारित रहेर विद्यालय र शिक्षकलाई पुरस्कार र दण्डको व्यवस्था हुनुपर्ने बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार