Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कांग्रेसभित्र मैले पाइनँ भन्ने भाष्य तयार भयो : उपसभापति गुरुङ

    कांग्रेसभित्र मैले पाइनँ भन्ने भाष्य तयार भयो : उपसभापति गुरुङ

    अनलाइन नेपाल
  • शुक्रबार, १२ माघ २०८०
  • 651
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कांग्रेसभित्र राजनीति पाउनका लागि गरेको हो भन्ने भाष्य सिर्जना भएको बताएका छन् ।

    शुक्रबार पार्टी स्थापनाको ७८औँ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।



    कांग्रेसभित्र अहिले मैले के पाएँ ? भन्ने भाष्य तयार भएको उनले बताए । उनले कांग्रेसमा विगतमा गरिएको निःस्वार्थ राजनीतिबारे अहिले बुझाउन जरुरी रहेको बताए । उनले कांग्रेसको गौरवमय इतिहासलाई गौरवको स्थानमा राख्नुपर्ने बताए ।



    विगतका गौरवलाई स्मरण गर्नै मात्र नभई गौरवमय इतिहास कोर्नेतर्फ पनि अग्रसर हुन जरुरी रहेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार