Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • शान्ति सम्झौतालाई पूर्णता दिन विधेयक आवश्यक : उपसभापति गुरुङ

    शान्ति सम्झौतालाई पूर्णता दिन विधेयक आवश्यक : उपसभापति गुरुङ

    अनलाइन नेपाल
  • बुधबार, २८ चैत्र २०८०
  • 354
    SHARES

    तनहुँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले विस्तृत शान्ति सम्झौतालाई पूर्णता दिन सङ्क्रमणकालीन न्यायको विधेयक आवश्यक रहेको बताएका छन् ।

    सहिद विष्णु जमरकट्टेल स्मृति प्रतिष्ठानले २३औँ स्मृति दिवसको अवसरमा तनहुँको व्यास नगरपालिका–६ मा आज आयोजना गरेको स्वास्थ्य शिविरको उद्घाटन गर्दै उपसभापति गुरुङले उक्त विधेयक बनाउने क्रममा रहेको बताए ।



    उनले भने, “शान्ति सम्झौताको नेतृत्व कांग्रेसले गरेको हो । उक्त विधेयक बनाएर पीडितलाई न्याय दिने सवालमा कांग्रेसको भूमिका हुनुपर्छ ।”



    अझै विधेयक ल्याउन नसकिएको बताउनुहुँदै उपसभापति गुरुङले विधेयक बनाउने क्रममा सत्तापक्ष र प्रतिपक्ष हुन नहुने उल्लेख गरे । विधेयक बनाएपछि मात्रै पीडितले न्याय पाउने र शान्ति प्रक्रिया टुङ्गोमा पुग्ने उनको भनाइ थियो ।

    सार्वजनिक पद धारणा गरेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ भनेर आवाज उठाउँदै आएको बताउँदै उनले , “मैले पार्टीको आन्तरिक बैठकमा धेरैपटक यो विषय उठाए, गत चैत २३ गते म आफैँ प्रस्तावक भएर संसद्मा यो विषय सार्वजनिक महत्वको प्रस्तावका लागि दर्ता गराएको छु ।” रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार