Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली नोटसहित दुईजना पक्राउ

काठमाडौं । नक्कली नेपाली नोटसहित काठमाडौंबाट दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जाजरकोट घर भइ हाल काठमाडौंको टोखा बस्ने सम्झना गहतराज र नेपालगन्ज एक्लौनी घर भई हाल बागबजार बस्ने सादाय हलुवाई रहेका छन् ।

उनीहरुले नेपाली खोटा मुद्रा चलन चल्तीमा ल्याउन लागेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी छापा मार्न पुगेको थियो ।

सम्झना गहतराजले गोकर्णेश्वर न.पा. ६ नँया बस्तीमा किराना पसलमा रिचार्ज कार्ड किन्ने क्रममा नक्कली नोट फेला पारी सोधपुछका क्रममा उनीसहित हलुवा पनि समातिएका हुन्।

प्रहरीले उनीहरुको साथबाट तयारी अवस्थामा रहेको १ हजार दरका नक्कली नोट ४९ वटा, प्रिन्ट गरेर काट्न बाँकी एक हजारको १२६ वटा, तयारी ५ सयको नोट २ वटा, प्रिन्ट गरेको काट्न ५ सयको नोट ६० वटालगायतका सामानहरु बरामद गरेको छ ।

पक्राउ परेका उनीहमाथि मुद्रा सम्बन्धी कसूरमा प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरेहको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077