Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका नेताहरु आफै छानविनमा जाउ : खिमलाल भट्टराई

काठमाडौं । नेकपा एमालेका पोलिब्युरो सदस्य खिमलाल भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका सबै नेताहरु स्वयं उपस्थिति भएर छानविनमा सहयोगी बन्नु पर्ने बताएका छन् ।

सामाजिक संञ्जालमा लेख्दै नेता भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरण असाधारण, जघन्य र अक्षम्य अपराध भएको बताएका हुन् ।

नेता भट्टराईले अपराधी कुनै राजनीतिक दलको पर्खालभित्र सुरक्षित हुन नहुने र यसको तथ्यमा गएर अपराधी पत्ता लगाउनुपर्ने बताए ।

नेता भट्टराईले लेखेका छन्, ‘नक्कली शरणार्थी अपराधः अथोरिटी अपराधी बन्दा राज्यको प्रभाव र विश्वसनीयता समाप्त हुन्छ । यो राष्ट्रियताको प्रश्न पनि हो । विश्व समुदायले हाम्रो देश र सत्तालाई कसरी हेर्ने भन्ने प्रश्न जन्मिन्छ । देशकै शीर निहुरिन्छ ।नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने र पैसा असुल्ने अपराध यही कोटीको अपराध हो ।’

नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने र पैसा असुल्ने अपराध सामान्य नभएको बताउँदै यसले देशकै शीर निहुराएकाले नाम जोडिएका सबै नेताहरुले तत्काल प्रहरी समक्ष उपस्थिति भएर वास्तविक विषय बाहिर ल्याउनुपर्ने जनाएका छन् ।

एमाले उपाध्यक्ष रामबहादुर थापा बादल, सचिव टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँण, सांसद मन्जु खाँणसमेतको नाम जोडिएपछि नेता भट्टराईले आफ्नो धारणा सार्वजनिक गर्दै अपराधमा जोडिएका कोहीलाई पनि राजनीतिक संरक्षण गर्न नहुने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077