Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राजा चार्ल्स तृतीयलाई पहिराइयो ताज

एजेन्सी । राजा चार्ल्स तृतीयको राज्याभिषेक सम्पन्न भएको छ ।

उनलाई आर्चबिशपले भव्य समारोहबीच ताज लगाइदिएका हुन् । यो ३६० वर्ष पुरानो ताज २२ क्यारेट सुनले बनेको छ ।

यो ३० सेन्टिमिटर लामो छ, यसको वजन लगभग दुई किलो २३० ग्राम छ। यो दुईवटा अनानासको तौल वा दुई लिटर पानीको बोतलको तौल बराबर हुन्छ।

यो मुकुट यसअघि महारानी एलिजाबेथ द्वितीयले सन् १९५३ मा उनको राज्याभिषेकमा लगाएकी थिइन् र विगत ७० वर्षदेखि यो मुकुट टावर अफ लन्डनबाट विरलै बाहिर आएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077