Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कानुनविद्को सुझाव - नागरिकता विधेयक रोक्नुपर्ने अवस्था छैन, अगाडि बढाऔँ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सत्ता गठबन्धनका शीर्ष नेताले रोकिएको नागरिकता विधेयकबारे कानून व्यवसायीसँग छलफल गरेका छन् ।

सत्ता गठबन्धनको बैठक बसेकै दिन बालुवाटारमा बोलाएर प्रधानमन्त्रीसहितका नेताले कानून व्यवसायीसँग छलफल गरेका हुन् ।

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार कानून व्यवसायीले नागरिकता विधेयक रोक्नुपर्ने अवस्था नरहेको सुझाव दिएका छन् ।

'हामीले २१ हजार कानून व्यवसायीबाटै नागरिकता विधेयक रोक्नुपर्ने अवस्था नरहेको सुझाव दिएका छौं’ उनले भने, ‘गत फागुनको १२ र १३ गते हाम्रो कार्यकारिणी परिषद्का् बैठक र यसले पास गरेको घोषणापत्रको १९ नम्बर बुँदामा संसदले पास गरेको विषयलाई पास गर्नुपर्छ भनेका थियौं तर राष्ट्रपति प्रमाणीकरण भएन । फेरि पनि नयाँ राष्ट्रपतिले यो विषयलाई अगाडि बढाउन मिल्छ भन्ने हाम्रो कुरा हो ।’

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललगायतका गठबन्धनका शीर्ष नेताहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077