Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सांसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर जेठदेखि सुरु हुन्छ : सभामुख घिमिरे

काठमाडौं । संघीय संसद् (प्रतिनिधि सभा)मा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर जेठदेखि सुरु हुने भएको छ।

सभामुख देवराज घिमिरेले आइतबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उक्त जानकारी गराएका हुन्।

सभामुख घिमिरेले नियमावलीअनुसार प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था गरिने बताए। सभामुख घिमिरले समय भने पछि निर्धारण हुने बताए।

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकमा महिनाको एक दिन पहिलो हप्ता प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्रीको सहभागिता अनिवार्य गर्न माग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077