Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, कारोबार ६० करोडमा खुम्चियो

काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज १९.१२ अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेन्जको अनुसार आज सेयर बजार घटेर १८५०.६१ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर ओरालो लागेकोमा फाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले घटेको छ । बजारसँगै कारोबार रकममा पनि निकै कमी आएको छ ।

२६३ वटा कम्पनीका २० लाख १५ हजार कित्ता शेयर ६० करोड ८१ लाख रुपैयाँमा कारोबार भएका छन् । बिहीबारको तुलनामा करोबार रकम झन्डै १३ करोडले घटेको हो ।

जसमा सबैभन्दा बढी शिवम् सिमेन्टले ३ करोड २२ लाख बराबरको कारोबार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077