Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भुटानी शरणार्थी प्रकरणमा केपी ओलीमाथि पनि छानबिन हुनुपर्छ : मेटमणि चौधरी

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका नेता मेटमणि चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा केपी शर्मा ओलीमाथि पनि छानबिन गर्नुपर्ने बताएका छन् ।

संसदको आइतबारको बैठकमा समय लिएर बोल्दै नेता चौधरीले तत्कालीन प्रधानमन्त्रीको हिसाबले ओलीमाथि पनि छानबिन हुनुपर्ने बताएका हुन्।

चौधरीले भने, ‘तत्कालीन गृहसचिवले समेत नेपालीलाई भुटानी बनाउन खोजिएको विषय स्वीकार गरिसकेको अवस्था छ। तत्कालीन समयमा मन्त्रीहरू, उच्च पदस्थ कर्मचारीको नामसमेत मुछिन थालिएको छ र स्वीकार गर्ने क्रम जारी छ। मलाई के लाग्छ भने तत्कालीन सरकार नै यो आपराधिक कार्यक्रम लागेको छ। त्यतिबेलाको प्रधानमन्त्रीलाईसमेत कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

उनले तत्कालीन गृहसचिव र बहालवाला सचिवलेसमेत स्वीकार गरिसकेको भन्दै त्यतिबेलाको सरकारको नेतृत्व गरेका ओलीलाई छानबिनको दायरामा ल्याउनुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077