Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भुटानी शरणार्थी प्रकरण : सचिवसहित आठ जनालाई सात दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने भन्दै ठगेको प्रकरणमा पक्राउ परेका आठै जनालाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ।

काठमाडौं जिल्ला अदालतले आइतबार थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार यस प्रकरणमा प्रहरीले अहिलेसम्म आठ जनालाई पक्राउ गरेको छ।

पूर्व गृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरूङ, सन्देश शर्मा र सागर राई प्रहरी हिरासतमा छन् ।

यही प्रकरणमा पक्राउ पूर्जी जारी भएपछि तत्कालीन मन्त्री टोपबहादुर रायामाझी भने हाल सम्पर्कविहीन छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077