Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भुटानी शरणार्थी प्रकरणले राजनीतिक वृत्त तरंगित

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणले मुलुकको राजनीतिक वृत्त गर्माएको छ। यो प्रकरणमा प्रमुख दलका नेताहरू पनि अनुसन्धानमा तानिन थालेपछि राजनीतिक वृत्त गर्माएको हो ।

यसैकारण दलका शीर्ष नेताहरूको दौडधुप पनि बाक्लिएको छ। प्रमुख प्रतिपक्षी दल एमालेका सचिव एवं पूर्वउपप्रधानन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, एमाले उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक प्रहरी अनुसन्धानमा तानिएका छन् ।

उनीहरूमध्ये सन्दीप पक्राउ परेका छन्। पूर्वउपप्रधानमन्त्री रायमाझी र प्रतीक थापा भने फरार छन्। पूर्वउपप्रधानमन्त्री रायमाझीविरुद्ध प्रहरीले गत बुधबार जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका थिए।

भेटपछि पत्रकारसँग कुरा गर्दै ओलीले आफूले प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको प्रतिक्रिया दिएका थिए। उनले उपप्रधानमन्त्री भइसकेको व्यक्ति ९रायमाझी० भागेर कहीं नजाने भएकाले बाटोमा हिँड्दाहिँड्दै पक्राउ गर्न खोजिएको भन्दै असन्तुष्टि जनाएका थिए। तर रायमाझी चार दिनदेखि फरार छन्।

कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनकी पत्नी मन्जु खाण, कांग्रेस सांसद रामहरि खतिवडा र पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेशलाई पनि अनुसन्धानको दायरामा ल्याउन ओलीले प्रधानमन्त्री दाहाललाई दबाब दिएको स्रोतको दाबी छ ।

पार्टी सचिव रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि रक्षात्मक बनेको एमालेले पार्टीका अन्य नेता पनि तानिन सक्ने देखेपछि सत्तारूढ दलतर्फ औंला तेस्र्याउन थालेको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077