Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रक्षामन्त्री खड्का भन्छन् - म मन्त्री भएदेखि हतियार खरिद सम्बन्धि कुनै निर्णय भएको छैन

काठमाडौं । उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले आफु हातहतियार खरिदमा संलग्न नभएको बताएका छन् । सोमबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले हातहतियार खरिदमा आफनो संलग्नता नभएको स्पष्ट पारेका हुन् । नेपाली सेनाले खरिद गर्न लागेको हातहतियार बन्दोबस्तोमा आफनो नाम पनि मुछिएको भन्दै उपप्रधानमन्त्री खडकाले आफनो संलग्नता अस्विकार गरे । ‘केही दिनदेखि मेरो नामसमेत जोडेर केही सञ्चार माध्यममा नेपाली सेनाको हतियार खरिद सम्बन्धमा आएका विविध प्रकृतिका समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ खडकाले ट्वीटमा उल्लेख गरेका छन्, ‘म रक्षामन्त्री भएदेखि रक्षा मन्त्रालयबाट हतियार खरिदसम्बन्धि कुनै निर्णय नभएको कुरा सबैमा प्रष्ट पार्न चाहान्छु ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077