Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अर्थतन्त्रका चुनौतिबारे सरकार बेखबर भयो : विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका सांसद् एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले देश मन्दीमा गइरहेको बेला सरकारले अर्थतन्त्र मन्दीको कुरा लुकाएको बताएका छन् ।

अर्थमन्त्री डा।प्रकाशशरण महतले पेश गरेको विनियोजन विधेयक सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै सांसद पौडेलले यस्तो बताएका हुन् ।

सांसद पौडेललेले भने,‘सरकार अर्थतन्त्रका चुनौतिप्रति बेखबर भएको मलाई महशुस भयो । राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशित गरेको तथ्याकंमा नेपालको अर्थतन्त्रको अवस्था मन्दीको छ भनेर औंल्याएको छ । देशको अर्थतन्त्र मन्दीमा गएको कुरालाई स्वीकार गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक छ ।’

सांसद पौडेलले सरकार अर्थतन्त्रका चुनौतिप्रति बेखवर रहेको बताए । नेपाली अर्थतन्त्र मन्दीमा भएको तथ्यलाई स्वीकार गर्दै बजेट प्रस्तुत हुनुपर्ने सांसद पौडेलको भनाई छ ।

उनले चालु आर्थिक वर्षको राजस्व परिचालन एकदमै कमजोर रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077