Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

सेयर चलखेल गरेको आरोपमा ज्ञानेन्द्रलाल प्रधानविरुद्ध मुद्दा दायर

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल हाइड्रो डेभलोपरका तत्कालीन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान विरुद्ध मुद्दा हालेको छ ।

बोर्डले बैशाख २५ गते प्रधान विरुद्ध काठमाडौं जिल्ला अदालतम मुद्दा दायर गरेको हो । उनले उक्त सेयर खरिद बिक्रीमा जालसाजीयुक्त कारोबार गरेको आरोप छ ।

प्रधानले आफू कम्पनीको अध्यक्ष हुँदा आफ्नो नामको सेयर श्रीमती, छोरा र छोरीलाई नामसारी गर्दै बिक्री गरेकाले जालसाजीयुक्त कारोबार गरेको सेबोनको आरोपपत्रमा उल्लेख छ ।

२०७८ फागुन २५ गते प्रधानले गैरकानूनी रुपमा सेयर कारोबार गरेको अनुसन्धानमा देखिएको भन्दै उनलाई १ देखि ३ लाख रुपैयाँसम्म जरिवाना, २ वर्ष कैद वा दुबै सजाय हुनुपर्ने माग दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077