Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एमाले सचिव टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा

काठमाडौं। नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको निवासमा प्रहरीले छापा मारेको छ ।

स्रोतका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले रायमाझीको सातदोबाटोस्थित निवासमा खानतलासी गरेको हो

भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ।

पक्राउ पुर्जी जारी गरेपनि उनी हालसम्म फेला पर्न नसकेपछि प्रहरीले खोजी गर्ने क्रममा आज रायमाझी निवासमा छापा मारेको हो । उनीविरूद्ध काठमाडौं जिल्ला अदालतले वैशाख २० गते पक्राउ पुर्जी जारी गरेको थियो।

नक्कली शरणार्थी प्रकरणमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपनि रायमाझी हालसम्म फेला पर्न सकेका छैनन् । प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि अर्घाखाँची हुँदै भैरहवासम्म आइपुगेका उनी त्यहाँबाट भने सम्पर्कविहीन बनेका थिए ।

प्रहरीलाई आफैं आउँछु भन्दै ढाँटेर भागेका रायमाझीलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा प्रहरी प्रधान कार्यालयलले हिजै सबै जिल्लामा सर्कुलर गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077