Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • गृह मन्त्रालयका सचिव सिंहको सरुवा, गृहको जिम्मा भट्टराईलाई

    गृह मन्त्रालयका सचिव सिंहको सरुवा, गृहको जिम्मा भट्टराईलाई

    अनलाइन नेपाल
  • बुधबार, २७ बैशाख २०८०
  • 1K
    SHARES

    काठमाडौं । सरकारले गृहसचिव हेरफेर गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको सचिवमा दिनेश भट्टराईलाई सरुवा गरेको हो ।

    प्रधानमन्त्री कार्यालयका सचिव भट्टराईलाई गृह मन्त्रालयको सचिवमा सरुवा गरेको छ। सरकारले हाल गृहसचिव रहेका विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको छ ।



    हाल गृहमा रहेका सचिव विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री कार्यालयमा लगिएको छ ।



    गृहसचिव टेकनारायण पाण्डे असोज २ मा गृहसचिवबाट सरुवा भएर उपराष्ट्रपति कार्यालय गएपछि उनको ठाउँमा सिंह गृहमा आएका थिए ।

    करिब ७ महिना गृहमा बसेका सिंह प्रधानमन्त्री कार्यालय गएपछि भट्टराईको गृहमा सरुवा भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार