Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • गृहसचिव भट्टराईद्धारा प्रहरी प्रधान कार्यालयको निरीक्षण

    गृहसचिव भट्टराईद्धारा प्रहरी प्रधान कार्यालयको निरीक्षण

    अनलाइन नेपाल
  • मंगलबार, २ जेष्ठ २०८०
  • 666
    SHARES

    काठमाडौं । गृहसचिव दिनेश भट्टराईले मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण तथा निरीक्षण गरेका छन् ।

    गृह सचिव भट्टराईले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याव, पोलिग्राफ शाखा र कमाण्ड सेन्टरको निरीक्षण गरेका हुन् ।



    गृह सचिव भट्टराईलाई प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक (आईजीपी)बसन्त कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले स्वागत गरेका थिए ।



    सो क्रममा गृहसचिव भट्टराईले प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गरे । निरीक्षण पश्चात गृहसचिव भट्टराईले उपस्थित प्रहरी अधिकृत र जवानहरुलाई संगठनको उद्देश्य र लक्ष्य हासिल गर्न सबै प्रहरी कर्मचारीहरू ऐक्यबद्ध भई प्रतिवद्ध र लगनशील हुन निर्देशन दिएका छन् ।

    गृहसचिव भट्टराईले गृह प्रशासन मातहत कार्यरत सबैले आफू ‘शासक होइन सेवक हो’ भन्ने भावका साथ नागरिक सेवामा समर्पित हुनुपर्ने बताए ।

    उनले आत्महत्या, महिला तथा बालबालिकाविरुद्ध हुने हिंसाप्रति राज्य अत्यन्तै संवेदनशील रहेको बताउँदै त्यस्ता हिंसा न्यूनिकरणको लागि थप प्रभावकारी भूमिका निर्वाह गर्न उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।

    गृहसचिव भट्टराईले प्रहरी कर्मचारीहरुले उच्चआचरण एवम् ईमानदारिपूर्वक सांगठनिक प्रतिवद्धतामा अविचलित भई जिम्मेवारी वहन गर्न निर्देशन दिँदै नेपाल प्रहरी संगठनको सुदृढिकरण र शुद्धिकरणमा गृह मन्त्रालय सदैव दृढ संकल्पित रहेको बताए ।

    गृहसचिव भट्टराईले विभिन्न स्वरूपमा हुने आपराधिक गतिविधि समयमै अनुसन्धान एवं नियन्त्रण गरी प्रहरी संगठनको छवि उच्च राख्न विशेष आग्रह गर्दै नागरिकको मौलिक एवं लोकतान्त्रिक अधिकारलाई सुरक्षित गरी भरपर्दो र त्रुटिरहित सुरक्षा व्यवस्था मिलाउन निर्देशन पनि दिएका छन् ।

    सो अवसरमा धन्यवाद ज्ञापन गर्दै आईजीपी बसन्त कुँवरले गृहसचिवबाट प्राप्त निर्देशनलाई संगठनले पूर्णरूपमा ऐक्यबद्ध भई पालना गरी नतिजा दिने प्रतिवद्धता गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार