Jul 15 2026 | २०८३, आषाढ ३१ गते

15 Jul 2026 | बुधवार, आषाढ ३१ गते २०८३

बुधवार, आषाढ ३१ गते २०८३
images
images

भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहसचिव न्यौपानेलाई पक्राउ गर्ने प्रहरीको तयारी

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेसँगै पूर्व गृहसचिव महेश्वर न्यौपानेलाई पनि प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ ।

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री खाँण बुधबार बिहान उनकै निवासबाट पक्राउ परेसँगै पूर्व गृहसचिव न्यौपानेलाई पनि प्रहरीले पक्राउ गर्ने तयारी थालेको हो ।

खाँण गृहमन्त्री हुँदा न्यौपाने केही समयसम्म गृह सचिवमा कार्यरत थिए । न्यौपानेमाथि नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन गृह प्रशासनलाई सहयोग गरेको आरोप छ ।

महेश्वरलाई प्रहरीले यसअघि देखि नै अनुसन्धानको घेरामा राखेको थियो । भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी समाधानका लागि सरकारी कार्यदलले तयार पारेको गोप्य प्रतिवेदनमा नक्कली अनुसूची घुसाउँदै नेपालीलाई शरणार्थी बनाउने कार्यमा न्यौपानेले सहयोग गरेको खुलेको हो ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका पाण्डेले यो प्रकरणमा सचिवको रुपमा मुख्य भूमिका न्यौपानेको रहेको बयान दिएका छन् भने न्यौपानको विरुद्ध प्रहरीले बलियो प्रमाण समेत फेला पारेको जनाएको छ । प्रहरीले पनि आवश्यक प्रक्रिया पूरा गरि न्यौपानेलाई पक्राउ गर्ने तयारी छ ।

सरकारी कार्यदलले तयार पारेको प्रतिवेदन गृहमन्त्रालयलाई बुझाउँदा गृहसचिवमा प्रेम राई (हाल अख्तियार प्रमुख) थिए । राई २७ चैत २०७४ देखि २० माघ २०७६ सम्म गृहसचिवमा थिए । उनीपछिका गृहसचिव महेश्वर न्यौपाने २१ माघ २०७६ देखि २७ साउन २०७८ सम्म रहे । हाल उनले अवकाश पाइसकेका छन ।

आफू गृहमन्त्री हुँदा खाँणले रोजेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन् ।

प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव पाण्डेले पूर्वगृहमन्त्री खाँणको समेत नाम लिएका थिए । प्रकणमा मुछिएका एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझी भने फरार छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077