Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गृहमन्त्री श्रेष्ठले आईजीपी कुँवरलाई भने - भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई पक्राउ गर्न खुट्टा नकमाउनू

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री श्रेष्ठले आईजीपी बसन्त कुँवरलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका सबैमाथि कारबाही अगाडी बढाउन निर्देशन दिएका हुन् ।

गृहमन्त्री श्रेष्ठले भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा खुट्टा नकमाई काम गर्न निर्देशन दिए । गृह स्रोतका अनुसार गृहमन्त्री श्रेष्ठ र आइजीपी कुँबरबीच कांग्रेसमा नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गर्नुअघि कुराकानी भएको थियो ।

प्रहरी प्रमुख कुँवरलाई गृहमन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा जो रहेको भए पनि पक्राउ गर्न निर्देशन दिएका थिए ।  गृहमन्त्री श्रेष्ठले भुटानी शरणार्थी प्रकरणमा अत्यन्तै गम्भीर भएर छानबिन गरी दोषी सबैलाई कानूनी कठघरामा ल्याउन प्रहरीलाई निर्देशन दिए ।

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री खाँणलाई प्रहरीले बुधबार बिहान उनकै निवासबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077