Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्न खोजेको भन्दै रघुजी पन्तले जनाए असन्तुष्टि

काठमाडौं । नेकपा एमालेका सांसद रघु पन्तले राष्ट्रपति रामचन्द्र पौडेलले निष्क्रिय भएको नागरिकता विधेयक प्रमाणीकरण गर्न खोजेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

पन्तले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको नागरिकता विधेयक प्रमाणिकरण गर्न छलफल थालेपछि संसदको अधिकार नखोस्न आग्रह गरेका हुन् ।

जारी प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पन्तले राष्ट्रपतिले सो काम गर्न खोजेकोमा दुःख लागेको बताए ।

सांसद पन्तले सो विधेयक तत्काल संसदमा पेस गर्न सरकारसँग माग समेत गरे ।

आफूहरू सो विधेयकलाई दिनरात छलफल गरेर छिटो पारित गर्न तयार रहेको सांसद पन्तको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077