Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेले गर्‍यो टोपबहादुर रायमाझीलाई निलम्बन

काठमाडौं । नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सचिव टोपबहादुर रायमाझीलाई पदबाट निलम्बन गरेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि एमालेले आज रायमाझीलाई निलम्बन गरेको हो ।

अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत् बताए ।

एमाले महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै उक्त प्रकरणको अनुसन्धान र कानूनी कारबाहीको अन्तिम टुंगो नलागेसम्मलाई निलम्बन गरिएको जानकारी गराएका छन् ।

विज्ञप्तिमा पार्टी विधिको शासनमा विश्वास गर्ने उल्लेख गरिएको छ ।  एमालेले भनेको छ, ‘ कसैका बारेमा कुनै विवाद उठेमा त्यसबारे कानुनी सफाइ प्राप्त गर्ने दायित्व सम्बन्धित व्यक्तिकै हो भन्ने हाम्रो पार्टीको स्थापित मान्यता रहँदै आएको छ ।’

सोही मान्यता अनुरूप पक्राउ पूर्जी जारी हुनासाथ उनलाई राज्यका अनुसन्धान निकायमा उपस्थित भएर विधिवत् रूपमा आफ्नो यथार्थ स्पष्ट पार्न भनिएको विज्ञप्तिमा उल्लेख छ ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने कार्यमा संलग्न भएको भन्दै प्रहरीले वारेन्ट जारी गरेसँगै रायमाझी फरार रहँदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077