Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

टोपबहादुरलाई आत्मसमर्पण गराउने ओलीको तयारी

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा ठूला पार्टीकै हाइप्रोफाइल नेताहरु मुछिएपछि राजनीतिक वृतमा तरंग पैदा भएको छ ।

भुटानी शरणार्थी प्रकरणमा प्रमुख दलका नेताहरू पनि अनुसन्धानमा तानिन थालेपछि राजनीतिक वृत्त गर्माएको हो।

सो प्रकरणमा पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी ,पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई र पूर्वगृहमन्त्री बालकृष्ण खाँणको नाम जोडीएको छ ।

प्रहरीले एमालेका सचिव टोपबहादुर रायमाझीलाई खोजी गरिरहँदा पूर्वगृहमन्त्री बालकृष्ण खाँण भने आज निवासबाटै पक्राउ परेका छन् । पार्टी सचिव रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि रक्षात्मक बनेको एमालेले आज भने रायमाझीलाई कारवाही गरेको छ ।

राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमालेले विज्ञप्तिमार्फत् बताएको छ ।

तर,एमाले अध्यक्ष केपी शर्मा ओलीले भने रायमाझीलाई आत्मसमर्पण गराउने तयारी थालेका छन् । पक्राउ पूर्जी जारी भएपछि फरार रहेका रायमाझीलाई प्रहरी समक्ष आत्मसमर्पण गराउने गरी ओली अगाडी बढेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077