Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

म्याद थपका लागि पूर्वगृहमन्त्री खाँणलाई अदालत लगियो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई अदालत लगिएको छ ।

भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले हिरासतमा राख्नका लागि काठमाडौं जिल्ला अदालतबाट अनुमति लिन लागेको हो ।

पूर्वगृहमन्त्री समेत रहेका खाँण बुधवार बिहान चाबहिलको मैजुबहालस्थित उनकै निवासबाट पक्राउ परेका थिए ।

खाँणसँगै स्वकीय सचिव नरेन्द्र केसीलाई पनि अदालत लगिएको छ ।

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका खाँणसँगै उनका स्वकीय सचिव केसी बुधबार पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077