Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

संसद चलिरहँदा सांसदद्धय आरजु देउवा र मञ्जु खाँण अनुपस्थित

काठमाडौं । नेपाली कांग्रेसका सांसद आरजु राणा देउवा र मञ्जु खाँण संसद् बैठकमा अनुपस्थित भएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका सांसदद्धय बुधबार चलिरहेको बैठकमा उपस्थित छैनन् ।

पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई बुधबार प्रहरीले पक्राउ गरेपछि कांग्रेसभित्र मात्र नभई राजनीतिक वृतमै तरंग पैदा भईरहेको छ ।

पूर्वगृहमन्त्री खाँण पक्राउ परेपछि यो प्रकरणमा नाम मुछिएकी उनकी पत्नी मञ्जु संसद् बैठकमा उपस्थित छैनन भने
सोही प्रकरणमा नाम जोडिएकी आरजु पनि संसद् बैठकमा अनुपस्थित नभएको स्रोतले बतायो ।

नक्कली शरणार्थी प्रकरणमा आरजुले दुई करोड र मञ्जुले ६ करोड रकम बुझेको अडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077