Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेप्सेमा सामान्य गिरावट, ५८ करोड मात्रै कारोबार

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार शेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य गिरावट भएको छ ।

बुधबार नेप्से सुचकमा २.४३ अंकले ओरालो लागि १८४१.९३ विन्दुमा आएर रोकिएको छ।

आज माइक्रोफाइनान्स, जलविद्युत्, उत्पादन, फाइनान्स र निर्जीवन बीमा समूहको शेयर सामान्य बढेको छ भने अरू समूहको शेयर घटेको छ ।

आज १९ लाख ४२ हजार ६२६ कित्ता सेयरको खरिदबिक्री हुँदा ५८ करोड ९१ लाख ७७ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, कारोबारको आधारमा हिमाल दोलखा हाइड्रोपावर, नबिल बैंक र शिवम् सिमेन्टको ३ करोडमाथिको कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077