Online Nepal
  • मंगलबार, १३ साउन २०८२
  • नेप्सेमा सामान्य गिरावट, ५८ करोड मात्रै कारोबार

    नेप्सेमा सामान्य गिरावट, ५८ करोड मात्रै कारोबार

    अनलाइन नेपाल
  • बुधबार, २७ बैशाख २०८०
  • 771
    SHARES

    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार शेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य गिरावट भएको छ ।

    बुधबार नेप्से सुचकमा २.४३ अंकले ओरालो लागि १८४१.९३ विन्दुमा आएर रोकिएको छ।



    आज माइक्रोफाइनान्स, जलविद्युत्, उत्पादन, फाइनान्स र निर्जीवन बीमा समूहको शेयर सामान्य बढेको छ भने अरू समूहको शेयर घटेको छ ।

    आज १९ लाख ४२ हजार ६२६ कित्ता सेयरको खरिदबिक्री हुँदा ५८ करोड ९१ लाख ७७ रुपैयाँको कारोबार भएको छ ।

    त्यस्तै, कारोबारको आधारमा हिमाल दोलखा हाइड्रोपावर, नबिल बैंक र शिवम् सिमेन्टको ३ करोडमाथिको कारोबार भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार