काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरुलाई प्रहरी प्रशासनले नछोड्ने बताएका छन् ।
बुधबार सिंहदरबारमा कुरा गर्दै गृहमन्त्री श्रेष्ठले शरणार्थी प्रकरणमा निष्पक्ष ढंगले अनुसन्धान प्रक्रिया अघि बढाउने बताएका हुन् ।
गृहमन्त्री श्रेष्ठले भने,‘अहिले नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने र त्यसको सन्दर्भमा संगठित ढंगले ठगी धन्दा भयो त्यसको सन्दर्भमा हामीले अनुसन्धानको प्रक्रिया अघि बढाएका छौँ । अनुसन्धानले आधार तयार पार्ने हदसम्म विभिन्न व्यक्तिहरु थप अनुसन्धानका लागि तानिनुभएको छ । यसलाई निष्कर्षमा पुर्याउन हामी लागिपरेका छौँ ।’
गृहमन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानले माग गर्ने हदसम्मका व्यक्ति तानिएको बताए ।
श्रेष्ठले निष्पक्ष ढंगले अनुसन्धान अघि बढाउन र त्यसलाई निष्कर्षमा पुर्याउन लागि परेको बताए ।