Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रहरी अनुसन्धानलाई बाधा नपुर्‍याउने शीर्ष नेताहरूका बीच सहमति छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धानलाई बाधा नपुर्‍याउने तीन दलका शीर्ष नेताहरूका बीचमा सहमति भएको बताएका छन् ।

बुधबार सिंहदरबारमा भएको प्रमुख तीन दलका शीर्ष नेताहरूको छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले प्रहरी अनुसन्धानलाई बाधा नपुर्‍याउने आफूहरूका बीचमा सहमति भएको बताए ।

दोषीलाई नछुटाउने र निर्दोषलाई नपार्ने गरी अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइएको उल्लेख गर्दै प्रहरीले विधि, विधान, नियम र पद्धति अनुसार काम गरिरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077